Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

पुन:निर्माण गीतमा ‘धुर्मुस-सुन्तली’ (भिडियो)

जेठ १६,    at 1:36 PM

By   /  May 29, 2016  /  Comments Off on पुन:निर्माण गीतमा ‘धुर्मुस-सुन्तली’ (भिडियो)

    Print       Email

हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिबेला सिन्धुपाल्चोकको गिरेनचौरमा चार करोडको लागतमा एउटा बस्तीको पुनर्निर्माणमा जुटिरहेका छन्। यसरी पुन:निर्माणमा जुटिरहेका उनीहरूले यसै सम्बन्धी प्रेरणादायी गीतको भिडियोमा अभिनय गरेका छन्।

डा. भीष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन्। हाम्रो वास्तविकतामा आधारीत रहेर हाम्रो गीतले मनको कुरा बोलेकाले व्यस्तताको बाबजुद पनि उक्त गीतमा अभिनय गरेको उनीहरूले बताएका छन्।

भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ ।  यस अघि पनि केहि गीतमा शब्द दिइसकेका डा. भुसालको शब्दलाई स्वरुपराज आर्चाय र स्मीता दाहालले गाएका छन् । वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →