Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

पुनः देशव्यापी लकडाउनको तयारीमा सरकार!

१७ साउन,   खबरमञ्च,   at 2:27 PM

By   /  August 1, 2020  /  Comments Off on पुनः देशव्यापी लकडाउनको तयारीमा सरकार!

    Print       Email

काठमाडौं । देशभर कोरोना संक्रमणको उच्च जोखिम बढेसँगै सरकारले आवतजावतमा कडाइ गरेको छ ।

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढेपछि ह्वात्तै कोरोना संक्रमण बढेको छ ।

यसलाई मध्यनजर गर्दै आवश्यकता अनुसार लकडाउनको तयारी समेत गरिएको जनाइएको छ । संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) यस अघि नै काठमाडोँ भित्रिने सवारी साधनमा कडाइ गर्न निर्देशन दिइसकेको छ। परिस्थिति अझेँ खराब हुँदै गएमा पुन लकडाउन गरिने जनाइएको छ।

देशका विरगन्ज, पर्सा लगायत उपत्यकामै संक्रमणको खतरा बढेको छ । कोरोना विशेष अस्पतालहरुमा बिरामीका लागि थप ठाउँ समेत उलब्ध छैन ।

कतिपय संक्रमित घरमै बसेर उपतार गर्न बाध्य छन् । यसले उनीहरुका परिवार सदस्यलगाएत अन्य मानिसमा जोखि पैदा गराएको छ । वीरगञ्जको कोरोना विषेश अस्पतालमा बिरामी नअटाउदा थप स्थानको खोजी समेत भइरहेको छ ।

चिकित्सकको एक टोली गएर त्यहाँको परिस्थितिबारे छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →