Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

पार्टी एकतामा संकट आयोः नारायणकाजी श्रेष्ठ

१८ असार,   खबरमञ्च,   at 7:07 PM

By   /  July 2, 2020  /  Comments Off on पार्टी एकतामा संकट आयोः नारायणकाजी श्रेष्ठ

    Print       Email

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता संकटमा परेको बताएका छन्।

बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै श्रेष्ठले यस्तो बताएका हुन्। उनले पत्रकारहरूसंग भने, ‘पार्टी एकतामा संकट आएको हो। तर हामी एकताका लागि अन्तिम समयसम्म छलफल गर्छौं।’

मन्त्रिपरिषद् निर्णयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमति विपरित संसदको चालु अधिवेशन अन्त्य गरेको भन्दै बैठकमा छलफल भएको थियो।

तर सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गरेको आशंका गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →