Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

पाकिस्तान तथा भारतको कश्मीरमा भूकम्पका ठूला धक्का

७ असोज,   खबरमञ्च,   at 6:40 PM

By   /  September 24, 2019  /  Comments Off on पाकिस्तान तथा भारतको कश्मीरमा भूकम्पका ठूला धक्का

    Print       Email

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्। अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भुकम्पको मापन ५.८ म्याग्निच्युडको गरेका छन्।

जसको केन्द्रविन्दु पञ्जाबको जेलुम शहरभन्दा पाँच किलोमिटर पर थियो।

भूकम्पको गहिराइ १० किलोमिटरको रहेको बताइएको छ।

पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन्।

बीबीसी उर्दूका अनुसार धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चारजनाको मृत्यु भएको पुष्टि गरेका छन्।

हताहत हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताइएका छन्। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →