Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

पाकिस्तानमा पनि टिकटकमा लाग्यो प्रतिवन्ध

२४ असोज,   खबरमञ्च,   at 2:33 PM

By   /  October 10, 2020  /  Comments Off on पाकिस्तानमा पनि टिकटकमा लाग्यो प्रतिवन्ध

    Print       Email

एजेन्सी । पाकिस्तानमा पनि टिकटक चलाउन प्रतिवन्ध लगाइएको छ।

चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो।

“अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाई छ ।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेका उनीहरुले बताएका छन् । पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ ।

मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरुको दाबी छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अन्ततः क्लिनफिड लागू, विदेशी च्यानलमा विज्ञापन बजाउन नपाइने

Read More →