Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुन:स्थापनाको फैसला बदर

२५ चैत,   खबरमञ्च,   at 7:13 AM

By   /  April 8, 2022  /  Comments Off on पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुन:स्थापनाको फैसला बदर

    Print       Email

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ ।  सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ । 

सर्वोच्चको ५ सदस्यीय इजलासले संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानुनी भएको ठहर गरेको छ।  ‘प्रधानमन्त्री इमरान खान राष्ट्रपति अरिफ अल्वीलाई संसद् विघटन गर्ने सल्लाह दिन सक्दैनन्’ फैसलामा भनिएको छ ।

सर्वोच्च अदालतले संसद्‌का सभामुखका नाममा आदेश जारी गर्दै आइतबार बिहान ९ बजे संसद्‌को सत्र आह्वान गर्न आदेश गरेको छ । अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्‌मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन पनि आदेश दिएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा पुनः बढ्यो कोरोना संक्रमणको दर, चौथो लहरको आशंका

Read More →