Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

१७ कात्तिक,   खबरमञ्च,   at 7:53 PM

By   /  November 3, 2022  /  Comments Off on पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

    Print       Email

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।

पछिल्लो केही दिनयता खानको पार्टी तहरिक–ए–इन्साफ (पीटीआई)ले देशका विभिन्न स्थानमा सरकारविरुद्ध आक्रामक रुपमा विरोध र्‍याली (लङ्ग मार्च) गरिरहेको छ।

र्‍यालीकै क्रममा बिहीबार पूर्वप्रधानमन्त्री खानमाथि गोली चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना भएको स्थान पाकिस्तानको पञ्जाबको वजिरावाद क्षेत्रमा पर्छ।

घटनामा खानसहित ५ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खान सवार रहेको कन्टेनर नजिकैबाट गोली प्रहार भएको थियो। गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

प्रधानमन्त्रीबाट हटेपछि खानले निरन्तर रुपमा सरकार र सेनाको विरोध गरिरहेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेक्सिकोमा गोली चल्यो, ९ जनाको मृत्यु

Read More →