Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि प्रशासनद्वारा अनुसन्धान सुरू

६ भदौ,   खबरमञ्च,   at 8:16 AM

By   /  August 22, 2022  /  Comments Off on पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि प्रशासनद्वारा अनुसन्धान सुरू

    Print       Email

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरी प्रशासनले अनुसन्धान सुरू गरेको छ ।

गत शनिबार आयोजित आमसभाबाट न्यायालय र प्रहरीविद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि अनुसन्धान थालिएको हो ।

छानविनको खबरसँगै खानका समर्थकहरू उहाँको घर अगाडि भेला भएर पक्राउ गरिए सत्ता पलट गरिदिने चेतावनी दिएका छन् ।

गत चैतमा संसदमा बहुमत गुमाएर हटेलगत्तै उनले सेना र सरकारको कडा आलोचना गर्दै आएका छन् । खानले आफ्ना निकट सहयोगीलाई यातना दिएको आरोप लगाउँदै आउनुभएको छ ।

गत शनिबारको आमसभामा खानले इस्लामावादका प्रहरी प्रमुख र एक जना महिला न्यायाधीशमाथि आफ्ना सहयोगीलाई हिरासतमा राखेर यातना दिईएको भन्दै त्यसको परिणामका लागि पर्खेर बस्न चेतावनी दिएका थिए ।

सोही भाषणका आधारमा खानले आतंकवाद विरोधी कानूनको उल्लंघन गरेको आरोप लगाएर छानविन थालेको जनाइएकाे छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा

Read More →