Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

पहिलाे महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीकाे निधन

६ असार,   खबरमञ्च,   at 5:13 PM

By   /  June 20, 2020  /  Comments Off on पहिलाे महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीकाे निधन

    Print       Email

काठमाडौं ।  शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको निधन भएको छ ।  ८९ वर्षको उमेरमा जाेशीकाे शनिबार निधन भएको हो ।

तीन सातादेखि छातीमा देखिएको संक्रणका कारण उपचाररत् जोशीको स्ट्रोकका कारण शनिबार पाैने ३ बजेकाे समयमा काठमाडौंकाे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

१७ वर्षअघि नै उनको घाँटीमा क्यान्सर देखिएको थियो भने त्यसको केहीवर्षपछि उनलाई स्तन क्यान्सर पनि भएको थियो ।

अङ्गुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । विसं २०१९ मा बेलायतबाट फर्केपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् ।

उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन्।

जोशीको शनिबार नै अन्त्येष्टि गरिने भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

Read More →