Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२० साउन,   खबरमञ्च,   at 8:55 AM

By   /  August 4, 2020  /  Comments Off on पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

वीरगञ्ज । पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ बर्षका ३ जना नेपाली सेना, पर्सा वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १÷१ जना डाक्टर रहेको मेसु उपाध्यायले जानकारी दिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →