Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

२१ साउन,   खबरमञ्च,   at 7:42 AM

By   /  August 5, 2020  /  Comments Off on पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

    Print       Email

वीरगञ्ज । पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

सोमबार ज्यान गुमाएकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो।

पखाला लागेपछि स्थानीय अस्पतालमा उपचार गर्न गएकी उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

पोखरिया–८ जगतपुर घर भएकी ती युवतीको मृत्युपछि स्वाव संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने देशैभर कोरोनाबाट ५९ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →