Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

पर्सामा काेराेना भाइरस समुदायमा फैलिएपछि बारामा आज बिहानैदेखि निषेधाज्ञा जारी

१८ साउन,   खबरमञ्च,   at 8:59 AM

By   /  August 2, 2020  /  Comments Off on पर्सामा काेराेना भाइरस समुदायमा फैलिएपछि बारामा आज बिहानैदेखि निषेधाज्ञा जारी

    Print       Email

काठमाडौं । पर्सामा कोरोना भाइरस संक्रमणकाे दर बढ्दै गएपछि बारामा स्थानीय प्रशासनले आज (आइतबार) बिहानैदेखि निषेधाज्ञा जारी गरेकाे छ।

छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या बढिरहेकाले आज बिहान ५ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन्।

शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा कोरोना नियन्त्रण गर्न उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

Read More →