Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री ओलीकाे जन्मदिन

११ फागुन,   खबरमञ्च,   at 3:51 PM

By   /  February 23, 2021  /  Comments Off on तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री ओलीकाे जन्मदिन

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् ।

ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।

गत साल जन्मदिनमा नेपालको नक्सा भएको केक काटेको भनेर उनको तीब्र आलोचना भएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धुम्बाराही कार्यालयमा पनि एमालेको बोर्ड राखिँदै

Read More →