Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

पन्जशिरलाई कब्जा गरेको तालिवानको दाबी, विद्रोही भन्छन्- ‘लडाइँ जारी छ’

२१ भदौ,   खबरमञ्च,   at 1:20 PM

By   /  September 6, 2021  /  Comments Off on पन्जशिरलाई कब्जा गरेको तालिवानको दाबी, विद्रोही भन्छन्- ‘लडाइँ जारी छ’

    Print       Email

काठमाडाैं । तालिवानले पछिल्लो समय अफगानिस्तानमा द्वन्द्वको केन्द्रबिन्दु बनेको पन्जशिर उपत्यका आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ ।

तर, तालिवानको दाबीलाई अफगान रेसिस्टेन्स फोर्सले अस्वीकार गरेको छ । विगत चार दिनदेखि जारी युद्धमा फोर्सतर्फ ठूलो क्षति भएको बताइएको छ । 

तालिवानले पन्जशिरमा विजय हासिल गरेको भन्दै अफगानिस्तान अब युद्धको दलदलबाट बाहिरिएको दाबी गरेका छन् । ‘विजयसँगै हाम्रो देश युद्धको दलदलबाट बाहिर निस्किएको छ,’ तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले भने ।

तर, फोर्सले भने तालिवानको दाबी अस्वीकार गर्दै युद्ध जारी राख्ने जनाएको छ । अहिले रणनीतिक ढंगले युद्ध जारी रहेको भन्दै फोर्सले भनेको छ, ‘तालिवानविरुद्धको युद्ध जारी रहनेछ ।’

यसअघि फोर्सले आफ्नोतर्फ ठूलो क्षति सामना गरेपछि तालिवानसँग शान्तिवार्ताको प्रस्ताव गरेको विवरण सार्वजनिक भएको थियो । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्दै, यस्ता छन् मागहरु

Read More →