Loading...
You are here:  Home  >  समाज  >  Current Article

पत्रकार शिवाकोटीलाई सुरक्षा दिन सरकारसंग माग

१६ असोज,   खबरमञ्च,   at 4:47 PM

By   /  October 3, 2019  /  Comments Off on पत्रकार शिवाकोटीलाई सुरक्षा दिन सरकारसंग माग

    Print       Email

काठमाडौं । नेपाल प्रेस युनियनले समाचार लेखेकै आधारमा हाम्राकुरा डटकम अनलाइनका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न प्रहरी प्रशासन तथा सरकारसँग माग गरेको छ ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बिहिबार विज्ञप्ति जारी गर्दै महासचिव समेत रहेका शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्नुभएको हो ।

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको बिहिबार बसेको आकस्मिक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कचनकवलकाे त्याे हिलाे बाटाे…

Read More →