Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेविसंघप्रति देउवाको आक्रोशः ‘लाज पनि छैन’

१९ असार,   खबरमञ्च,   at 12:48 PM

By   /  July 3, 2020  /  Comments Off on नेविसंघप्रति देउवाको आक्रोशः ‘लाज पनि छैन’

    Print       Email

काठमाडौं । संगठन विस्तारको काम नगरेको भन्दै नेपाली कांग्रेस देउवाले नेपाल विद्यार्थी संघको नेतृत्वप्रति आक्रोश पोखेका छन्।

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन्।

काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै उनले नेतृत्वप्रति आक्रोश व्यक्त गरे। त्यस्को साटो गाउँ/गाउँ, स्कूल/स्कूलमा गएर संगठन विस्तार गर्नुपर्ने उनले बताए।

उनले भने, ‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस्। गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस्। जहाँ पनि हारेको हार्‍यै छ नेविसंघ लाज पनि छैन।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →