Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

नेपाल संयुक्त राष्ट्रसंघमा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस

१५ फागुन,   खबरमञ्च,   at 11:50 AM

By   /  February 27, 2021  /  Comments Off on नेपाल संयुक्त राष्ट्रसंघमा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस

    Print       Email

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघमा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिसमा परेको छ ।

संयुक्त राष्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपाल स्तरोन्नतिका लागि सिफारिस भएको हो ।

उक्त समितिबाट नेपालसँगै लाओस र बङ्गलादेश पनि अति कम विकसित मुलकबाट विकासशील मुलुकमा स्तरोन्नती हुन सिफारिसमा परेका छन् । यससँगै, नेपाल अब विकासशील राष्ट्र बन्नका लागि बाटो खुलेको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिस अब संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषदबाट स्वीकृत हुनुपर्छ ।

राष्ट्रसंघ अन्तर्गत विकासशील राष्ट्रमा स्तरोन्नती हुनका लागि नेपालले कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने थियो । जसमा प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक रहेका छन् ।

अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्न पाउने सुविधासमेत दिइएको छ । तीमध्ये नेपालले दुई सूचकांकमा तोकिएको मापदण्ड पार गरिसकेको छ । अब प्रतिव्यक्ति आय बाँकी रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाको बिर्तामोडमा बढ्दै कोरोना संक्रमित, चैत १७ यता ३० संक्रमित थपिए

Read More →