Loading...
You are here:  Home  >  छापामा  >  Current Article

नेपाल-भारत सीमा विवाद असरः भारतीय ह्याकरद्वारा नागरिक उड्डयन प्राधिकरणकाे वेबसाइट ह्याक

१२ जेठ,   खबरमञ्च,   at 8:30 AM

By   /  May 25, 2020  /  Comments Off on नेपाल-भारत सीमा विवाद असरः भारतीय ह्याकरद्वारा नागरिक उड्डयन प्राधिकरणकाे वेबसाइट ह्याक

    Print       Email

काठमाडौं । भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ ।

ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो ।

भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धासँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो ।

इन्डियन साइबर ट्रँपस नामको समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्याक गरेको थियो । सो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गर्न खोजिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कानुन विपरीत भएको मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता !

Read More →