Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

नेपाल प्रहरीमा दलित सेल खोल्न संसदीय समितिको निर्देशन

२० जेठ,   खबरमञ्च,   at 5:37 PM

By   /  June 2, 2020  /  Comments Off on नेपाल प्रहरीमा दलित सेल खोल्न संसदीय समितिको निर्देशन

    Print       Email

काठमाडौं । प्रतिनिधिसभाकाे कानून न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेकाे बैठकले छलफलका क्रममा सांसदहरुले दल सेल स्थापना गर्न आवश्यक रहेकेा भन्दै स्थापनाकाे माग गरेपछि समितिले नेपाल प्रहरीभित्र दलित सेल खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

दलित समुदायमाथि हुने विभेद र अपराधजन्य घट्न बढ्न थालेकाे सन्दर्भमा तीनकाे सहजीकरण र सहज न्यायमा पहुँचका लागि दलित सेल स्थापना गर्न निर्देशन दिने निर्णय भएकाे समिति सभापति कृष्णभक्त पाेखरेलले बताए ।

यसबाहेक समितिले पश्चिम रुकुमको चौरजहारीमा भएकाे घट्नामा परी घाइते भएका सबैकाे नि:शुल्क उपचार गर्न र बेपत्ता भएका एकजनाकाे खोजी तीव्र पार्न पनि सरकारलाई निर्देशन दिएको छ ।

गएकाे जेठ १० गते भएकाे घटनाका दोषीलाई निष्पक्ष तरिकाले कानुनी कारबाही अगाडि बढाउन पनि समितिले सरकारलाई निर्देशन दिएकाे छ ।

समितिले घट्नाका बारेमा विस्तृत जानकारी लिन गृहमन्त्री, महान्यायाधिवक्ता र नेपाल प्रहरीका आइजिपीलाई बाेलाएकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →