Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बनमा, अनियमितताको आरोपमा

१७ मंसिर,   खबरमञ्च,   at 1:11 PM

By   /  December 2, 2020  /  Comments Off on नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बनमा, अनियमितताको आरोपमा

    Print       Email

काठमाडौं । नेपाल प्रहरीका तीनजना अधिकारी निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले दुई प्रहरी उपरीक्षक र एक इन्स्पेक्टरलाई निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसिया रहेको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता बसन्तबहादुर कुँवरले बताए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि निलम्बनमा परेको प्रवक्ता कुँवरले बताए ।

निलम्बन गरेर उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२४ घण्टामा ३ सय ३६ जना कोरोना संक्रमित थपिए

Read More →