Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेपाल-खनाल समूहले बुझाएकाे रिट निवेदन दर्ता भएन

८ वैशाख,   खबरमञ्च,   at 5:41 PM

By   /  April 21, 2021  /  Comments Off on नेपाल-खनाल समूहले बुझाएकाे रिट निवेदन दर्ता भएन

    Print       Email

काठमाडाैं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गरेका सबै निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत पुगेकाे सत्तारुढ नेकपा एमालेकाे नेपाल-खनाल समूहकाे रिट निवेदन आज दर्ता नहुने भएकाे छ ।

बुधवार दिउँसाे सर्वोच्चमा रिट निवेदन लिएर गएकाे नेपाल-खनाल समूहकाे रिट समय अभावका कारण आज दर्ता नहुने भएकाे हाे ।

‘रिट निवेदन आएकाे छ, तर अध्ययनका लागि समय लाग्छ, त्यसैले आज दर्ता नभएकाे हाे,’ सर्वोच्चका प्रवक्ता भद्रकाली पाेखरेलले भने ।

सर्वोच्चको फागुन २३ को आदेशपछि ब्युँतिएकाे एमाले जेठ २ कै संरचनामा फर्किएपनि अध्यक्ष ओलीले एकलौटी ढंगले निर्णय गरेकाे रिट निवेदनमा उनीहरुकाे दाबी छ ।

‘फागुन २८ गते गरिएको भनिएकोको बैठक र त्यसका निर्णयहरु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित पार्टी विधानको धारा १३, १३ (क), १४ र ५८ तथा पार्टी नियमावली, २०५७ (२०७२ को संशोधनसहित)को नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सञ्चालनको कार्यविधि तथा आचारसंहिता, २०७१ को बर्खिलाप छ,’ रिट निवेदनमा भनिएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →