Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

नेपाली सेनाका थप २९ जनामा कोरोना संक्रमण

२८ साउन,   खबरमञ्च,   at 2:49 PM

By   /  August 12, 2020  /  Comments Off on नेपाली सेनाका थप २९ जनामा कोरोना संक्रमण

    Print       Email

 

विर्तामोड । नेपाली सेनाका थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेनाको दाङस्थित १९ नम्बर बाहिनीका २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुने सेनाको संख्या दुईसय २४ पुगेको छ । सबैभन्दा धेरै दाङ र प्युठानमा २१ जनामा संक्रमण देखिएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्युठानबाट तालिमका लागि दाङ आएका एक सैनिकमा संक्रमण देखिएपछि त्यहाँ रहेका अन्यको पनि स्वाब परिक्षणका लागि पठाइएको थियो । ठूलो संख्यामा सैनिकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाहिनी सिल गरिएको छ भने प्युठानकाे सेनाकाे गण पनि सिल गरिएकाे छ । प्युठानबाट आएका सैनिक क्वारेन्टिन व्यवस्थापनको काममा संलग्न रहेको थिए ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण रोकथाममा व्यारेक बाहिर निस्किएका सैनिकमा भटाभट संक्रमण देखिन थालेको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन, होल्डिङ्सेन्टरको व्यवस्थापन र क्वारेन्टिन स्थललगायतका काममा नेपाली सेनालाई खटाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →