Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेपाली काँग्रेसका प्रवक्ता शर्माले मागे २ सातालाई छुट्टी

2021/05/04,    at 1:54 PM

By   /  May 4, 2021  /  Comments Off on नेपाली काँग्रेसका प्रवक्ता शर्माले मागे २ सातालाई छुट्टी

    Print       Email

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

हिजो संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका उनले अस्वस्थताको कारण २ साताका लागि प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘अस्वस्थताका कारण दुइ साताका लागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु । प्रेस, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु । चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जाँगरका साथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु, धन्यवाद ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →