Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

नेपालले हात पार्यो पहिलो त्रिदेशीय टी२० क्रिकेटको उपाधि

११ बैशाख,   खबरमञ्च,   at 4:53 PM

By   /  April 24, 2021  /  Comments Off on नेपालले हात पार्यो पहिलो त्रिदेशीय टी२० क्रिकेटको उपाधि

    Print       Email

काठमाडौं । नेपालले पहिलो टी२० क्रिकेट उपाधि हात पारेको छ।

कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

युवा खेलाडीहरू कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङको मद्दतले नेपालले तीन विकेट गुमाएर कीर्तिमानी २३८ रन बनाएको थियो।

प्रतियोगिताको लीगका दुई खेलमध्ये एउटामा नेपाललाई हराएको नेदरल्यान्ड्सले १७.२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।

यो नेपालको रनको हिसाबले सबैभन्दा ठूलो जित हो। यसअघि सबैभन्दा ठूलो जित भुटानविरुद्ध १४१ रनको थियो।

नेदरल्यान्ड्सका लागि यो रनका हिसाबले सबैभन्दा ठूलो हार हो। यसअघि उसको सबैभन्दा ठूलो हार सन् २०१८ मा स्कटल्यान्डविरुद्ध ११५ रनको थियो।

नेपालले सन् २०१४ को टी२० क्रिकेट विश्वकपसहित यसअघि सात प्रतियोगिता खेलेको भए पनि कुनै उपाधि जितेको थिएन।

यसअघि नेपालको पोल्टामा यूएई र सिङ्गापुरसँगको दुई टी२० शृङ्खला उपाधि मात्रै थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल सुपर लिग एलिमिनेटरः ललितपुर र बुटवल लुम्बिनी भिड्दै

Read More →