Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

नेपाललाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

२० जेठ,   खबरमञ्च,   at 10:59 PM

By   /  June 3, 2021  /  Comments Off on नेपाललाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

    Print       Email

संयुक्त राज्य अमेरिकाले नेपाललाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

अमेरिकाले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डलाई खोप उपलब्ध गराउने निर्णय गरेको ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्दै खोप सहायताका लागि अनुरोध गरेकी थिइन्।

यद्दपि, कुन देशलाई कति खोप उपलब्ध गराउने भन्ने विषय भने वक्तव्यमा खुलाइएको छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तेल ट्यांकरमा इरानले आक्रमण गरेको इजरायलको आरोप

Read More →