Loading...
You are here:  Home  >  छापामा  >  Current Article

नेपालमै हराउँछन् वार्षिक ४ सय पर्यटक

2016/07/17,    at 9:01 AM

By   /  July 17, 2016  /  Comments Off on नेपालमै हराउँछन् वार्षिक ४ सय पर्यटक

    Print       Email

​काठमाण्डाैं, साउन २ । 

नेपाल आउने कुन पर्यटकमध्ये बर्सेनि औसतः ४ सय पर्यटक हराउने या मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । प्राकृतिक विपत्ति तथा पर्वतारोहणमा सबैभन्दा बढी यस प्रकारका दुर्घटना हुने गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा निधन या बेपत्ता भएका पर्यटकको संख्या ४ सय २२ जना रहेका छन् ।

सन् २०१५ मा विनाशकारी भूकम्प र सरगरमाथामा भएको दुर्घटनामा परी करिब २ सयजना विदेशीले ज्यान गुमाएका थिए । त्यसबाहेक पर्वतारोहण, पदयात्रा र हवाई तथा सडक दुर्घटनाका क्रममा पनि निधान तथा बेपत्ता हुने गर्छन् ।

आफ्नो सामान बिकाउन पछि लाग्ने खुद्रा व्यपारीमात्र होइन, गोरो छाला देखेपछि पैसा नदिएसम्म खुट्टा नछाड्ने माग्नेबाट भौग्नु परेको पीडा नेपाल आएका धेरै पर्यटकले अनुभव गर्दछन् । यस्ता घटनालाई सामान्य मान्दा पनि नेपाल आएका कुन पर्यटकमध्ये वाषिर्क औसत ६ सयजनाले विभिन्न प्रकारको सास्ती भोग्नुपर्ने तथ्यांकले देखाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र गौतमबीच भनाभन, ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै छैन’

Read More →