Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

नेपालमा हालसम्म १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिः स्वास्थ्य मन्त्रालय

२७ साउन,    at 5:31 PM

By   /  August 11, 2020  /  Comments Off on नेपालमा हालसम्म १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिः स्वास्थ्य मन्त्रालय

    Print       Email

काठमाडौं । नेपालमा हालसम्म एक सय ८३ जना स्वास्थ्यमकर्मी कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म उक्त संख्याका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमित हुने सबैभन्दा धेरै प्रदेश २ मा कार्यरत स्वास्थ्यकर्मी छन् । प्रदेश २मा हालसम्म ७८ जना छन् । जसमध्ये २० जना महिला र ५८ जना पुरुष छन् ।

प्रदेश २ पछि सबैभन्दा धेरै सुदुरपश्चमि प्रदेशका छन् । त्यहाँ २७ जना स्वास्थ्यकर्मी संक्रमित छन् । प्रवक्त गौतमका अनुसार त्यहाँ १३ जना महिला र १४ जना पुरुष स्वास्थ्यकर्मी संक्रमित छन् ।

त्यपछि कर्णाली प्रदेशमा २२ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् भने गण्डकी प्रदेशमा २० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार प्रदेश ३ मा १६ र प्रदेश ५ मा १२ जना स्वास्थ्यकर्मीमा संक्रमण भएको छ । प्रदेश १ मा भने हालसम्म ८ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाका चार जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

Read More →