Loading...
You are here:  Home  >  छापामा  >  Current Article

नेपालमा कोरोना भाइरस सङ्क्रमितमध्ये पुरुष ८४ प्रतिशत

२६ साउन,   खबरमञ्च,   at 6:54 AM

By   /  August 10, 2020  /  Comments Off on नेपालमा कोरोना भाइरस सङ्क्रमितमध्ये पुरुष ८४ प्रतिशत

    Print       Email

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।

यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ।

यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्।

‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ।’

पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन्।

जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन्।

स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम घरबाहिर निस्कने र काम गर्न चलायमान हुने भएकाले पुरुषमा बढी संक्रमण र मृत्युदर पनि बढी देखिएको बताउँछन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाका विरामीलाई दिइने औषधि फाभिपाइराभिर ट्याब्लेट नेपालमा नै उत्पादन शुरु

Read More →