Loading...
You are here:  Home  >  विश्व विचित्र  >  Current Article

नेपालमा अनेकवाली ‘ट्रेन्डिङ’ हुँदा अमेरिकन स्कुलहरूमा ‘स्थिर’ भाइरल

2016/11/07,   खबरमञ्च्,   at 10:02 PM

By   /  November 7, 2016  /  Comments Off on नेपालमा अनेकवाली ‘ट्रेन्डिङ’ हुँदा अमेरिकन स्कुलहरूमा ‘स्थिर’ भाइरल

    Print       Email

काठमाडौं । नेपालमा तरकारीवाली र अन्य धेरै वाला र वालीहरूले सामाजिक सञ्जाल कब्जा गरिरहँदा अमेरिकन स्कुलका विद्यार्थीहरूमाझ अनौठो चलन शुरु भएको छ ।mannequin_chhallenge

विद्यार्थीहरू कुनै खालको अभिनय गरेझैं क्यामेराले खिचेको तस्वीरमाझैं स्थिर बस्ने प्रचलन हिट भएको छ । बेलायती मिररले जनाएअनुसार यस्तो अनौठो क्रियाकलापमा स्कुलका शिक्षकहरूले समेत विद्यार्थीलाई साथ दिने गरेका छन् ।

सबै विद्यार्थीहरू तस्वीरमाझैं स्थिर भइरहँदा एक दुई जनाले भाहीँ स्थिर अवस्थाको भिडियो खिच्ने र सामाजिक सञ्जालहरूमा हाल्ने प्रचलन व्यापक भएको छ । यसलाई अमेरिकनहरूले म्यानेक्नि च्यालेन्ज (Mannequin Challenge)नाम दिएका छन् । यही नाममा युट्युबमा टन्नै भिडियोहरू अहिले भाइरल भइरहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

यी हुन् एकैपटक १० बच्चा जन्माउने महिला

Read More →