Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

नेपालको स्वाभिमानमा केकीको दह्रो अडान, बर्षा भन्छिन्, ‘भारतीय साथी कसरी फेस गर्नु?’

११ जेठ,   खबरमञ्च,   at 10:29 AM

By   /  May 24, 2020  /  Comments Off on नेपालको स्वाभिमानमा केकीको दह्रो अडान, बर्षा भन्छिन्, ‘भारतीय साथी कसरी फेस गर्नु?’

    Print       Email

विर्तामोड । नेपालका कालपानी, लिम्पियाधुरा तथा लिपुलेक भारतले कब्जा गरेको र नेपाल सरकारले भर्खर नयाँ आधिकारिक नक्सा सार्वजनिक गरेपछि नेपालका नायिकाहरुले आफ्नै प्रकृतिका प्रतिक्रिया सार्वजनिक गर्न थालेका छन्।

नायिका केकी अधिकारी नेपालको स्वाभिमानको पक्षमा खरो अभिव्यक्ति दिएकी छिन् नायिका बर्षा राउतले भारतीय साथी कसरी फेस गर्नु जस्ता अभिव्यक्ति दिएकी छिन्।

नायिका अधिकारीले आफ्नो फेसबुक एकान्टमार्फत छिमेकीलाई आफ्नो भूमिबाट स–सम्मान फिर्ता पठाउन तयार रहेको धारणा राखेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसँगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौमसम्त्ता माथी उठछ, हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ।’

नायिका बर्षा राउतले भिडियो क्लिप सार्वजनिक गर्दै भारतीय साथीहरु कसरी फेस गर्नु भन्दै प्रतिक्रिया दिएकी छिन्।

भिडियो क्लीपमा वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’

उनी भन्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुरक्षाका आवश्यक मापदण्डहरु अपनाई ट्याक्सी सञ्चालन गर्न संसदीय समितिको निर्देशन

Read More →