Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेपालकाे नयाँ नक्सा स्वीकार्य छैनः भारत

७ जेठ,   खबरमञ्च,   at 10:30 PM

By   /  May 20, 2020  /  Comments Off on नेपालकाे नयाँ नक्सा स्वीकार्य छैनः भारत

    Print       Email

 काठमाडाैं । सरकारले बुधवार नेपालकाे अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेलगत्तै भारत सरकारले त्यसप्रति आपत्ति जनाएकाे छ ।

बुधबा राति भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै आफ्नो भूभाग समेटेर नेपालले नक्सा जारी गरेको भन्दै स्वीकार्य नहुने बताएका छन् ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तीमार्फत नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको भन्दै सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने द्विपक्षीय समझदारीविपरीत नक्सा सार्वजनिक गरिएकाे बताएका छन् । विज्ञप्तीमा भनिएकाे छ, ‘सीमाको यो कृतिम दाबी भारतले स्वीकार गर्दैन।‘

श्रीवास्तवले नेपाल भारतको पोजिसनप्रति जानकार रहेको दाबी गर्दै नेपाल सरकारसँग ‘यो अपुष्ट दाबीबाट हट्न’ आग्रह गरेका छन्।

उनी भन्छन्, ‘हामीलाई आशा छ कि नेपाली नेतृत्वले सीमा विवाद समाधानका लागि कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउनेछ ।’

भारतको सार्वभौमसत्ता र सीमालाई सम्मान गर्न पनि उनले नेपाल सरकारसँग आग्रह गरेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्रीपरिषद पुनर्गठनका लागि नेकपा सचिवालयले सुरु गर्यो छलफल

Read More →