Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने

१७ जेठ,   खबरमञ्च,   at 10:26 AM

By   /  May 30, 2020  /  Comments Off on नेकपा सचिवालय बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने

    Print       Email

काठमाडौं । नेकपा सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा एमसीसीका सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व, भीम रावल  र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल बनाएको थियो ।

कार्यदलले एमसीसीका धेरै प्रावधान नेपालको हितमा नरहेको भन्दै त्यसलाई संशाेधन गरेर मात्र पास गर्नुपर्ने सुझाव दिएकाे छ ।

तर प्रधानमन्त्री केपी शर्मा औली भने चाँडाे भन्दा चाँडाे एमसीसी पास गराउन लागि परेका  छन् । जसले पार्टीभित्र झन विवाद बढ्ने देखिँदैछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्यालाई होँच्याउने प्रधानमन्त्रीकाे कुनै मनसाय हाेइन: परराष्ट्र

Read More →