Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपा फुटाउन एकता गरेको दिनदेखि नै षड्यन्त्र भइरहेकाे छः प्रचण्ड

१७ साउन,   खबरमञ्च,   at 11:29 AM

By   /  August 1, 2020  /  Comments Off on नेकपा फुटाउन एकता गरेको दिनदेखि नै षड्यन्त्र भइरहेकाे छः प्रचण्ड

    Print       Email

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको बहस पद प्राप्तीका लागि नभएको दाबी गरेका छन् ।

तुल्सीलाल स्मृति दिवसका अवसरमा राजधानीमा शनिबार बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकता गर्दा नै दुवै पार्टीका नेताहरुले त्याग गरेकाले पद प्राप्तीका लागि अहिलेको बहस नभएको दाबी गरे । ‘अहिलेजस्तो बहस चलेको छ, यो हेर्दा चिन्ता व्यक्त हुन थालेका छन्,’ उनले भने, ‘कुनै सामान्य पार्टी भएको भए राष्ट्र र जनताको खासै असर गर्दैन थियो, तर यो त्यस्तो पार्टी होइन, जनताको भरोसाको पार्टी हो, विवाद बहस अस्वस्थ्य हुँदा नकारात्मक असर हुनु स्वभाविक हो, नेतृत्वको झिनाझम्टी, पदका लागि हो कि भन्ने बाहिर भ्रम परेको छ, तर त्यस्तो होइन ।’

दाहालले निर्वाचनमार्फत जनताको अभिमतको नतृत्व गरेको नेकपालाई फुटाउन एकता गरेको दिनदेखि नै षड्यन्त्र भएको बताए ।

पार्टी विवाद समाधानको विकल्प नभएको बताउँदै दाहालले तर विवाद समाधान हुँदा अहिले उठेका बहसलाई ढाकछोप गर्न नसकिने भने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक यातायात र हवाई उडान तत्काल सञ्चालन नगर्ने सरकारको निर्णय

Read More →