Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

नेकपा कर्णाली प्रदेश सचेतकमा कुर्मराज शाही नियुक्त

२७ असाेज,   खबरमञ्च,   at 2:54 PM

By   /  October 13, 2020  /  Comments Off on नेकपा कर्णाली प्रदेश सचेतकमा कुर्मराज शाही नियुक्त

    Print       Email

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको सचेतकमा सांसद कुर्मराज शाही नियुक्त भएका छन् ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहीलाई सचेतकको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध आइतबार पार्टीकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि यतिबेला कर्णालीको राजनीति निकै पेचिलो बनेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

केन्द्रलाई कर्णाली प्रदेशकाे काउन्टर: काेराेना संक्रमितकाे नि:शुल्क परीक्षण र उपचार

Read More →