Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपाका जिल्ला पार्टी कार्यालयहरूका बोर्डमा लेख्न थालियो ‘नेकपा (एमाले)’

२४ फागुन,   खबरमञ्च,   at 6:47 PM

By   /  March 8, 2021  /  Comments Off on नेकपाका जिल्ला पार्टी कार्यालयहरूका बोर्डमा लेख्न थालियो ‘नेकपा (एमाले)’

    Print       Email

बिर्तामोड । सर्वोच्च अदालतले खारेज गरिदिएको सत्तारुढ नेकपाका जिल्ला कार्यालयहरूमा नेकपा (एमाले) नामका बोर्ड राख्न थालिएको छ।

नेपाल कम्युनिष्ट पार्टी एमालेलाई सर्वोच्च अदालतले ब्युँताइदिएपछि ओली समूहका नेता तथा कार्यकर्ताले मोरङको पार्टी कार्यालयमा एमालेको बोर्ड राखेका छन्।

पूर्व एमालेका नेता तथा कार्यकर्ताले सोमबार मोरङको विराटनगर– १२ पाञ्चालीस्थित मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेका हुन्।

पहिले एमाले पार्टी कार्यालय नै रहेको सो भवनमा एकतापछि नेकपाको कार्यालय राखिएको थियो ।

नेकपा जिल्ला कार्यालयलाई नयाँ बोर्ड टाँगेर एमाले कार्यालय घोषणा गर्न पर्यटनमन्त्री भानुभक्त ढकाल, एमाले नेता गुरु बराललगायतका नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

उनीहरूले सर्वोच्च अदालतले एकता भंग गरेर पुरानो एमाले पार्टी ब्युँताइदिएकोमा खुसी साटासाट गरेका थिए ।

नेपालगञ्जस्थित पार्टी कार्यालयमा राखिएको नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को बोर्ड राखिएको छ ।

अदालतले एमाले र माओवादीलाई अलग गरेपछि आइतबार नै साँझ पार्टी कार्यालयमा आएर दीप प्रज्वलन गरेका कार्यकर्ताले सोमबार बोर्ड परिवर्तन गरेका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

केही व्यक्ति मलाई धुलोमा मिलाउन लागि परेः ओली

Read More →