Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपाकाे निर्णयः एमसीसी परिमार्जन गरेर मात्र अनुमाेदन गर्ने

२६ भदाै,   खबरमञ्च,   at 5:05 PM

By   /  September 11, 2020  /  Comments Off on नेकपाकाे निर्णयः एमसीसी परिमार्जन गरेर मात्र अनुमाेदन गर्ने

    Print       Email

काठमाडौं । सत्तारुढ नेकपाभित्र विवादको एक कारक मानिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परिमार्जन गरेर मात्र अनुमोदन हुने भएको छ ।  ।

लामो समयपछि शुक्रबार बसेको स्थायी कमिटीको बैठकले परिमार्जन गरेर मात्र संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।

तर एमसीसी भित्र नागरिक र अन्य सरोकारवालाहरुले धेरै कुरा परिमार्जनको सुझाव दिएका छन् । त्यसैले ती सबै कुरालाई ध्यान दिँदै  वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार निर्णय गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

नागरिक तह र नेकपाकै केही नेता एमसीसी राष्ट्रियहित विपरीत रहेको र परिमार्जन नगरी अनुमोदन गर्न नहुने भन्दै विरोध गर्दै आएका थिए । जसले गर्दा एमसीसी संसदमा दर्ता भएर पनि कार्यसूचीमा चढ्न सकेको थिएन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

Read More →