Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

निर्वाचन आयोगले सातै प्रदेश प्रमुखलाई बुझायो चुनावी प्रतिवेदन

2022/12/17,    at 6:53 PM

By   /  December 17, 2022  /  Comments Off on निर्वाचन आयोगले सातै प्रदेश प्रमुखलाई बुझायो चुनावी प्रतिवेदन

    Print       Email

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष पेश गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाउन प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकी कुमारी तुलाधरको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश १ को मन्त्रिपरिषद विस्तार, माओवादी केन्द्र पनि सहभागी

Read More →