Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्छः झलनाथ खनाल

२४ साउन,   खबरमञ्च,   at 1:24 PM

By   /  August 9, 2022  /  Comments Off on निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्छः झलनाथ खनाल

    Print       Email

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।

नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरुका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको उनको भनाइ छ ।

खनालले वाम एकताको लागि सबैभन्दा ठूलो दल दल नै उदाशिन रहेकोले अहिले नै बृहत बाम एकताको सम्भावना नरहेको बताए ।

नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत रहे पनि भारतको ३१ सदस्यीय संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको प्रति सरकारले आवश्यक कदम चाल्नुपर्ने भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।

भारतको उक्त प्रतिवेदनले चिया उत्पादकहरु चिन्तामा परेका कारण यसबारे सरकारले भारतसंग छलफल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →