Loading...
You are here:  Home  >  छापामा  >  Current Article

निर्वाचनका कारण स्थानीय तहका विकास निर्माण ठप्प

१९ कात्तिक,   खबरमञ्च,   at 7:12 AM

By   /  November 5, 2022  /  Comments Off on निर्वाचनका कारण स्थानीय तहका विकास निर्माण ठप्प

    Print       Email

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन् ।

स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना पूरा हुन लाग्दासमेत विकास निर्माणका योजना कार्यान्वयन हुन नसकेको हो ।

स्थानीय तहका जनप्रतिनिधि आ–आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउनका लागि आन्तरिक रूपमा चुनावी रणनीति बनाउन सक्रिय हुन थालेपछि स्थानीय तहमा विकास निर्माणका काम सुरु गर्न ढिलाइ भएको छ ।

यस अगाडिका वर्षमा भने स्थानीय तहमा भदौदेखि नै उपभोक्ता समिति निर्माण, टेन्डर आह्वान, योजना सम्झौता भई असोजदेखि कात्तिकभित्रमा भौतिक रूपमा नै विकास निर्माणका योजना सञ्चालनमा आइसक्ने थिए ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय तहका जनप्रतिनिधि पनि पार्टीकै प्रतिनिधि भएकाले आ–आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचनमा जिताउनका लागि आन्तरिक रूपमा लाग्नु स्वाभाविक भएको बताउनुभयो ।

गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रहरीमा सेवा अवधि हट्दै, आइजिपीमा सिंहलाई नै निरन्तरता दिने तयारी

Read More →