Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

निर्मला हत्या प्रकरणः प्रमाण नष्ट गरेको अभियोग लागेका ८ प्रहरीले पाए सफाइ

१५ साउन,   खबरमञ्च,   at 5:12 PM

By   /  July 30, 2020  /  Comments Off on निर्मला हत्या प्रकरणः प्रमाण नष्ट गरेको अभियोग लागेका ८ प्रहरीले पाए सफाइ

    Print       Email

 

काठमाडौँ । दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोग लागेका आठजना प्रहरीले सफाइ पाएका छन्।

कञ्चनपुर जिल्ला अदालतले तत्कालीन जिल्लाका प्रमुख एसपी दिलीपराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई निर्दोष ठहर गरेको हो। उनीहलाई यातना र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।

पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो। तर घट्नाको दुई वर्षवित्दा पनि दोषी पक्राउन हुन सकेका छैनन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु

Read More →