
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भाेलिदेखि अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् ।
विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षालाई उनीहरुले पुनः सञ्चालन गर्ने भएका हुन् ।
सरकारले भदाै १ गतेबाट विद्यार्थी भर्ना लगायतका कुरा खुला हुने निर्णय गरिसकेकाे अवस्थामा निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले उक्त निर्णयलाई केही अघि सार्न गरेर भाेलिदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो ।
सरकारले १ गतेबाट विद्यार्थी भर्नाका कार्यक्रम सुरु गर्ने भनिएपनि उनीहरुले भने केही अघिबाट गर्ने अनुमति पाए हुने माग गरिरहेका छन् ।