Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

निजी विद्यालयले जेठ २१ देखि भर्ना प्रक्रिया सुरु गर्ने

१६ जेठ,   रासस,   at 9:58 PM

By   /  May 29, 2020  /  Comments Off on निजी विद्यालयले जेठ २१ देखि भर्ना प्रक्रिया सुरु गर्ने

    Print       Email

काठमाडाैं । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने भएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायत संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन्।

ती संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही जेठ १३ गतेको राष्ट्रका नाममा भएको सम्बोधनमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा भएकाले लकडाउनपछि परिवर्तित सन्दर्भमा सामाजिक दुरी कायम राखी विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्न आफ्ना शिक्षक तथा कर्मचारीलाई उपस्थित गराउने भएको हो। तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारे कुनै निर्णय गरेको छैन।

मन्त्रालयको निर्णयपछि मात्रै सबै सामुदायिक विद्यालयमा समेत भर्ना खुल्नेछ। मन्त्रालयले गत वैशाख २२ गते विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नलिन अपिल गरेको थियो। मन्त्रालयले भर्ना वा अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको थियो।

निजी विद्यालयका सञ्चालको संस्थाले त्यहाँका शिक्षक कर्मचारी विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीलाई तालिम/अभिभूखीकरणका लागि व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध पनि गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

Read More →