Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

निजी क्षेत्रका विद्यालय आफैं बन्द हुन्छन्ः प्रधानमन्त्री

जेष्ठ ९,   खबरमञ्च,   at 5:28 PM

By   /  May 23, 2019  /  Comments Off on निजी क्षेत्रका विद्यालय आफैं बन्द हुन्छन्ः प्रधानमन्त्री

    Print       Email

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने पनि स्पष्ट पारे ।

उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफैँ बन्द हुने तर्क गरे ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तरमाथि उठाएपछि निजी क्षेत्रमा पढाउन कसैले पनि नलैजाने पनि बताए ।

तर सरकारी विद्यालयले गुणस्तरीय शिक्षा नदिएसम्म निजी विद्यालय चलाउन पाउने प्रधानमन्त्री ओलीको भनाई छ ।

‘प्रतिस्पर्धाको जवाना छ । मैले निजी क्षेत्रलाई भनेको छु–निजी क्षेत्रलाई खतरामा पारिनेछ । सामुदायिक शिक्षालयहरुको स्तर यसरी माथि उठाईन्छ, निजी क्षेत्रको विद्यालयमा पैसा बुझाउन कोही आउँदैनन् ।,’ प्रधानमन्त्री ओलीको भनाई थियो,‘जव सामूदायिक विद्यालयको शिक्षा गुणस्तरीय र निःशुल्क हुन्छ, तव निजी क्षेत्रको विद्यालय आफै बन्द हुन्छ ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शिक्षामा लगानी बढाउन पनि आह्वान गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कक्षा ११ पढ्न एसईईमा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

Read More →