Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

निको भइसकेका व्यक्तिमा पुनः कोरोना संक्रमण, चिकित्सकद्वारा चिन्ता व्यक्त

२७ असाेज,   खबरमञ्च,   at 3:18 PM

By   /  October 13, 2020  /  Comments Off on निको भइसकेका व्यक्तिमा पुनः कोरोना संक्रमण, चिकित्सकद्वारा चिन्ता व्यक्त

    Print       Email

एजेन्सी । अमेरिकामा एक व्यक्तिलाई दुई पटक कोरोनाभाइरस सङ्क्रमण भएको र दोस्रो पटक सङ्क्रमण धेरै डरलाग्दो भएको चिकित्सकहरूले बताएका छन्।

ती २५ वर्षीय सङ्क्रमितका दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। अहिले उनी निको भइसकेका छन्।

कोरोनाभाइरस सङ्क्रमण हतपत नदोहोरिने विश्वास गरिन्छ। तर लान्सिट इन्फेक्शस डिजीजेज नामक जर्नलमा प्रकाशित शोधले उक्त भाइरसको सङ्क्रमण भइसकेपछि कति प्रतिरोध क्षमता बन्छ भन्ने विषयबारे प्रश्न उठाएको छ।

अमेरिकाको दक्षिणपश्चिम राज्य नभाडाका ती युवकलाई पहिला स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको र कोभिडको जोखिम हुन प्रतिरोध क्षमतासम्बन्धी अन्य अवस्था पनि नभएको बताइन्छ।

वैज्ञानिकहरूका अनुसार ती व्यक्तिमा पुरानो सङ्क्रमण लुकेर पछि फेरि देखा परेको नभई दुई पटक नै कोरोनाभाइरस सङ्क्रमण भएको हो। उनीबाट सङ्कलित फरकफरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखियो।

पुनः सङ्क्रमणको सम्भावनालले कोभिड १९ प्रतिरोधसम्बन्धी ज्ञानमा उल्लेख्य प्रभाव पार्न सक्ने वैज्ञानिको भनाइ छ ।

उनका अनुसार एकचोटि कोभिड १९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्छ।

वैज्ञानिकहरू अझै कोरोनाभाइरस र प्रतिरोध क्षमतासम्बन्धी जटिल विषय बुझ्ने प्रयासमा छन्। बीबीसी

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →