Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

नारायणी अस्पताल वीरगञ्जमा थप दुई जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु

१६ साउन,   खबरमञ्च,   at 7:39 AM

By   /  July 31, 2020  /  Comments Off on नारायणी अस्पताल वीरगञ्जमा थप दुई जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु

    Print       Email

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण नायारयणी अस्पताल वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ।

बिहीबार वीरगञ्जका ३५ र ६५ बर्षीय दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा.मदन उपाध्यायले जानकारी दिए।

मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन्।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ पुगेको छ।

ज्वरो आउने र श्वासप्रस्वासमा गम्भीर समस्या भएका ३५ वर्षीय युवा विभिन्न अस्पताल हुँदै १३ साउनमा गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। उनलाई ५ साउनदेखि ज्वरो आउन थालेको आफन्तले बताएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाकाे भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी १८६ जना नेकपा प्रवेश

Read More →