Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नारायणकाजी श्रेष्ठले गरे एक वर्षसम्म कुनै पनि बैठककाे भत्ता नलिने घाेषणा

१२ जेठ,   खबरमञ्च,   at 9:15 PM

By   /  May 25, 2020  /  Comments Off on नारायणकाजी श्रेष्ठले गरे एक वर्षसम्म कुनै पनि बैठककाे भत्ता नलिने घाेषणा

    Print       Email

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म कुनै पनि बैठक बापतकाे भत्ता नलिने घोषणा गरेका छन् ।

श्रेष्ठले साेमबार ट्वीट मार्फत काेराेना भाइरसकाे संक्रमण र लकडाउनका कारण देशकाे आर्थिक गतिविधि ठप्प भएकाे र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने  भन्दै आफूले सक्ने याेगदान स्वरुप भत्ता नलिने घाेषणा गरेकाे उल्लेख गरेका छन् ।

उनले एक वर्षसम्म राष्ट्रियसभा र समिति बैठकका कुनै पनि भत्ता नलिने घोषणा गर्दै  संघ र प्रदेशका सांसदहरुलाई पनि आग्रह गरेका छन् ।

यसबाहेक उनले आगामी वर्षका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १ सय ६५ निर्वाचन क्षेत्रमा जाने रकम बजेटबाट हटाएर काेराेना नियन्त्रणमा लगाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्छः वामदेव गौतम

Read More →