Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नारायणकाजीको खुलासाः प्रधानमन्त्री र ‘रअ प्रमुखको भेट गोप्य, न पार्टीमा थाहा थियो, न परराष्ट्रमा

९ कार्तिक,   खबरमञ्च,   at 12:31 PM

By   /  October 25, 2020  /  Comments Off on नारायणकाजीको खुलासाः प्रधानमन्त्री र ‘रअ प्रमुखको भेट गोप्य, न पार्टीमा थाहा थियो, न परराष्ट्रमा

    Print       Email

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणका सम्बन्धमा पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठे गोयलको भ्रमणका सम्बन्धमा कसैलाई जानकारी नभएको र अहिले पनि पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् । यतिमात्र होइन उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा गोयललाई भेट्दा परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नगराई र कसैको उपस्थितिबिना नै गरिएको पनि खुलासा गरेका छन् ।

‘केहीदिन गोरखा र चितवनको भ्रमण गरेर काठमाडौं फर्किएको छु । यसबीचमा भारतको गुप्तचर संस्था ‘र’ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना उनलाई भेट्नुभएछ । हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पर्टाीमा यसबारेमा कुनै संस्थागत एवम् औपचारिक छलफल भएको छैन,’ उनले लेखेका छन् ।

उनले फेसबुकमा लेखिएका कुरा आफ्नो नीजि विचार रहेको भन्दै नेपालको राजनीतिक एवम् कुटनीतिक इतिहासमा प्रधानमन्त्रीले पहिलोपल्ट गुप्तचर निकायका प्रमुखलाई भेटेको बताएका छन् । यसले नेपालको सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने उनको भनाइ छ । ‘मेरो विचारमा नेपालको राजनीतिक एवम् कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैँ औपचारिक वार्ता गरेको,’  उनले भनेका छन् ।

उनले नेपालका राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको भए कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्ने भन्दै उक्त भेट शीष्टाचार नभएको स्पष्ट भइसकेको बताएका छन् ।

‘विदेशी सरकार प्रमुखले औपचारिकरुपमा आफ्नो विशेष दूतकारुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहिताविपरीतको यस्तो भेट किन रु यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा सचिवालय बैठक २ बजेलाई सर्‍यो

Read More →