Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक कदम: सत्ता गठबन्धन

५ असोज,   खबरमञ्च,   at 12:46 PM

By   /  September 21, 2022  /  Comments Off on नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक कदम: सत्ता गठबन्धन

    Print       Email

काठमाडौं । सत्तागठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संघीय संसदमा दोस्रो पटक पेश भएर पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनु असंवैधानिक भएको निष्कर्ष  गठबन्धन बैठकले निकालेको हो ।

राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाबाट दोस्रो पटक पेश भएको नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेपछि गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मंगलबार रातिसम्म प्रमाणीकरण हुनुपर्ने थियो। तर, राष्ट्रपतिले प्रमाणीकरणका लागि अस्वीकार गरेपछि संवैधानिक जटिलता उत्पन्न भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →