Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नागरिककाे गाेपनीयता भंग गर्ने विशेष सेवा सम्बन्धि विधेयक फिर्ता लिन कांग्रेसकाे माग

३० मंसिर,   खबरमञ्च,   at 1:40 PM

By   /  December 16, 2019  /  Comments Off on नागरिककाे गाेपनीयता भंग गर्ने विशेष सेवा सम्बन्धि विधेयक फिर्ता लिन कांग्रेसकाे माग

    Print       Email

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल विशेष सेवाको गठन, सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लिन माग गरेकाे छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै मौलिक हक कुण्ठित गर्ने गरि ल्याइएकाे विधेयक फिर्ता लिन माग गरेको छन् ।

“विधेयकले नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका सूचना चुहावट हुने र गोपनीयता भंग गर्ने भएकाले, याे संविधान प्रतिकुल छ,” विज्ञप्तीमा भनिएकाे छ।

उनले संविधान प्रतिकुल र नागरिक स्वतन्त्रता र हित विपरीत हुने गरी विधेयक नल्याउन पनि सरकारलाई सचेत गराएको छ ।

सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई थप शक्तिशाली बनाउने व्यवस्थाहरुलाई समेटेर केही समय अघि विशेष सेवासम्बन्धी विधेयक संसदमा दर्ता गराएकाे छ । विधेयक दर्ता भए लगत्तै नागरिककाे गाेपनियता लगायतका विषयमा चासाे व्यक्त हुन थालेकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बामदेवको मनोनयन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

Read More →