Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

नवलपरासीको क्वारेन्टिनमा रहेका एक व्यक्तिको मृत्यु

१४ असार,   रासस,   at 3:07 PM

By   /  June 28, 2020  /  Comments Off on नवलपरासीको क्वारेन्टिनमा रहेका एक व्यक्तिको मृत्यु

    Print       Email

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ ।

बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।

उनले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२४ घन्टामा सर्वाधिक ६६४ जना सङ्क्रमणमुक्त, निको हुनेको संख्या ५३२० पुग्यो

Read More →